नेपालगञ्ज, ३ चैत । बाँके प्रहरीले नेपालगञ्जको राँझा, भुजईगाउँ र डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियावाट अबैध कुखुराका चल्ला बरामद गरेको छ ।
प्रहरीले भारतवाट अवैध चोरी पैठारी गरी ल्याइएका पाँच हजार ९०० गोटा चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो । उहाँका अनुसार, बरामद कुखुराको अन्दाजी मूल्य १२ लाख ४० हजार रहेको छ ।
यसैबीच, प्रहरीले भारतवाट अबैध रुपमा ल्याइएको २४ हजार मूल्य बराबरको आठ किलो माछा नेपालगञ्जको कारकाँदोवाट बरामद गरेको छ ।
बरामद गरिएका चल्ला र माछा तथा ढुवानीमा प्रयोग गरिएका अटोरिक्सा र मानिसलाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डांगीले बताउनुभयो ।