नेपालगञ्ज, १० फागुन । नेपालगञ्ज वडा नं. ५ का २०० विपन्न तथा गरिब परिवारलाई ग्याँस चुल्हो उपलव्ध गराइएको गरिएको छ ।
खाना पकाउन दाउराको प्रयोग गर्ने विपन्न तथा गरिब परिवारलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नंं ५ को कार्यालयले ग्याँस चुल्हो उपलव्ध गराएको वडा अध्यक्ष सराफत खानले बताउनुभयो ।
अध्यक्ष खानका अनुसार उक्त वडाको बाबामजार, कसाइमण्डी, आँखा अस्पतालरोड, बेहना टोल, रामनगर रोड, एमपी स्कुल रोड, साइमार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलका विपन्न र गरिब परिवारलाई ग्यास चुल्हो उपलव्ध गराइएको हो । ।
अर्कोतर्पm ग्याँस चुल्हो पाउनेहरुले निशुल्क सिलिण्डरको माग गरेका छन् ।