नेपालगञ्ज, १० फागुन । नेपालगञ्जमा हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिंग सेन्टर प्रालि भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राझास्थित भैरव भीमसेन मन्दिरस्थित पश्चिमतर्पको चार कठ्ठा जग्गा लिजमा लिइएको छ । उक्त जग्गा राझाका स्थानीय लोकदर्शन श्रेष्ठले १० वर्षका लागि सशुल्क लिजमा दिनुभएको हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिंग सेन्टर प्रालिका उपाध्यक्ष डा. खेमा भण्डारीले बताउनुभयो ।
भवन निर्माणका लागि बिहीवार भूमिपूजन गरिएको छ । भूमिपूजन कार्यक्रममा संस्थाका अध्यक्ष बसन्ती बिसी, उपाध्यक्ष डा. भण्डारी, कोषाध्यक्ष मधु ज्ञवाली, सचिव सुमन गिरी, सदस्यहरु रेन्जु श्रेष्ठ, केशव पुडासैनी र कोपिला घिमिरे उपस्थित हुनुहुन्थ्यो ।
उपाध्यक्ष डा. भण्डारीका अनुसार, भवन निर्माणको काम छिटै शुरु हुने र त्यसका लागि आर्थिक संकलनको अभियानसमेत शुरु गरिनेछ ।