नेपालगञ्ज, ५ फागुन । योग समिति नेपालको केन्द्रीय अध्यक्षमा गिरिराज भट्टराई चयन हुनुभएको छ । नेपालगञ्जमा शनिवार सम्पन्न समितिको तेस्रो साधारण सभा एवम् अधिवेशनले भट्टराईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदीलाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी ज्ञवाली र सहसचिवमा टंक पौडेल चयन हुनुभएको छ ।
यस्तै, कोषाध्यक्षमा अम्बिका कोइराला, सहकोषाध्यक्षमा मन्दरा शर्मा, सदस्यहरुमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रवाल, सुनिता पन्थी र वसन्त गौतम रहनु भएको छ ।
अधिवेशनमा सचिव निर्मला शाहले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अम्बिका कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा २३६ जनालाई आजीवन सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसअघि समितको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै लुिम्बनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग अभ्यास सभ्य समाज निर्माणको कडी बन्नसक्नेमा जोड दिनुभयो । मन्त्री नमूनाले योग कार्यक्रमका लागि प्रदेश सरकारले आगामी दिनमा वजेट छुटयाउन पहल गर्ने आश्वान दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य आदेशकुमार अग्रवाल, आयुर्वेद बिभाग अनुगमन अनुसन्धान प्रमुख डा. प्रकाश ज्ञवाली, नेपालगञ्ज वडा नं. २ का अध्यक्ष मनोज श्रेष्ठ, योग समितिका सल्लाहकार नन्दलाल वैश्य र अधिवक्ता विश्वजित तिवारी लगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमा पत्रकारितामार्फत योगको व्यापकता र स्वास्थ्य सचेतनामा योगदान पु¥याएवापत रेडियो बागेश्वरी तथा बागेश्वरी टिभीका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाई, नेपाल टेलिभिजनका रिपोर्टर रुद्र सुवेदी र युथ टुडेका सम्पादक महमूदआलम खानलाई कदरपत्रले सम्मान गरिएको थियो ।