नेपालगञ्ज, ६ फागुन । नेपालगञ्जको पासाङल्हामु मार्गको निर्माण पुनः सुरु भएको छ । सडक विस्तारका क्रममा स्थानीय र सम्बद्ध निकायबीच विवाद भएपछि पासाङ्गल्हामु मार्ग लामोसमयसम्म अलपत्र परेको थियो । अहिले विवाद सल्टिएपछि अस्फाल्ट प्रविधिद्वारा सो मार्गको कालोपत्र गरिन लागेको नेपालगञ्ज्का मेयर प्रशान्त विष्टले बताउनुभयो ।
नेपालगञ्जको सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५५० मिटर लामो र ८ मिटर चौडा सो मार्ग ७५ लाख रुपैयामा कालोपत्र गर्न लागिएको हो । आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बताइएको छ । सडक निर्माण सुरु भएसँगै स्थानीयहरु खुसी भएका छन् । कालोपत्रे निर्माणपछि सडक सुचारु भएपछि त्यहा व्यापारिक चहलपहल समेत बढ्ने विश्वास गरिएको छ ।
(फोटोः भेषराज बस्नेत)