नेपालगञ्ज, २० पुस । नेपालगञ्जको लोकप्रिय सन्देश दैनिक पत्रिकाले आज रक्तदान कार्यक्रम गरेको छ ।
नेपालगञ्ज वडा नं. १८ का अध्यक्ष दिपक वर्मा र नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसिएट सदस्य कमल कार्कीले संयुक्तरुपमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
लोकप्रियले यसअघि १९ पटक रक्तदान कार्यक्रम गरिसकेको कार्यक्रम संयोजक दिनेश ठाकुरले बताउनुभयो ।
सो पत्रिकाले १० वर्षदेखि त्रैमासिकरुपमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । ठाकुरका अनुसार, हालसम्म करिब ५ सय बढिले रक्तदानमा सहभागिता जनाइसकेका छन् ।