नेपालगञ्ज, १६ पुस । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक अन्र्तगत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो ।
पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ बेतहनीबाट आज भत्ता कार्यको शुभारम्भ गर्नुभएको छ । सो वडा अन्तर्गतको प्रहरी चौकीमा भत्ता वितरण कार्यको शुभारत्तम गरिएको हो ।
त्यस अवसरमा अध्यक्ष चौधरीले बैंिकङ लगायत अन्य प्राविधिक कारणले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसके पनि वडास्तरमै बैंकका कर्मचारी बोलाएर भत्ता वितरण गरिएको छ भन्नुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.