नेपालगञ्ज, १३ पुस । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, सो मुद्दाका फरार प्रतिवादी नेपालगञ्ज वडा नं. १० रामनगरका ५२ बर्षिय चतुर्भुज शाहलाई पक्राउ गरिएको हो । शाहलाई इलाका प्रहरी कार्यालय कोहलपुरवाट खटिएको प्रहरी टोलीले शाहलाई आज पक्राउ गरेको हो । प्रहरीद्धारा प्रेषित प्रेस विज्ञप्तिमा शाहको बैकिङ्ग कसुर मुद्दाको प्रकृति र बैंकको नाम र पक्राउ गरेको स्थान भने खुलाइएको छैन । बाँके जिल्ला अदालतको मिति २०७८ भदौ २३ गतेको फैसलाले शाहलाई बैङ्किङ कसुर मुद्दामा ७ दिन कैद र रु. ८ लाख जरीवाना तोकेको थियो । शाह भने मुद्दाको प्रक्रिया शुरु भएदेखि नै फरार रहेका थिए ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.