नेपालगन्ज, ८ पुस । बाँकेका प्रदेश सभा सदस्य (सांसद) कृण्णा केसी नमूना लुम्बिनी सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ । सांसद केसीलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रीमा नियुक्त गरिएको हो । यस्तै, सांसद सरोज थापा उद्योग तथा यातायात मन्त्रीमा नियुक्त हुनुभएको छ । केसी माओवादीवाट र थापा कांग्रेसका तर्पmवाट मन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँहरु दुवै जनालाई आज दिउँसो लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचरले शपथ ग्रहण गराउनुभएको छ ।
केसी र थापा मन्त्रीसँगै अब लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ९ पुगेको छ ।