नेपालगञ्ज, ७ पुस । बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारस्थित शहिद दलबहादुर घर्तीमगर खेलकुद मैदानमा धारासहितको पानी ट्यांकी जडान गरिएको छ । अमेरिकामा बस्दै आउनु भएका नेपालगञ्ज निवासी राजा खानको आर्थिक सहयोगमा उक्त सुविधा जडान गरिएको हो ।
यसैगरी, खानकै सहयोगमा उक्त खेल मैदानमा खेल अभ्यास गर्ने ४० खेलाडीलाई खेलकुद सामग्री उपलव्ध गराइएको छ । खेल सामग्रीमा पोशाक, भलिबल, फुटबल र ब्याटमिन्टन रहेका छन् ।
सोही स्थानमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि बाँके नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले पानी ट्यांकी जडानको उद्धाटन र खेलाडीको खेल सामग्री टोल विकास समितिका अध्यक्ष कमल पुनलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सहयोगी राजा खानलाई सम्मान गरिएको थियो ।
अध्यक्ष शाहले आर्थिक सहयोग गर्ने राजा खानलाई धन्यबाद दिदै शिक्षासंगै खेलकुदको पनि बिकास अपरिहार्य भएको धारणा राख्नुभयो । कार्यक्रममा अध्यक्ष शाहले भन्नुभयो—‘यो खेल मैदानलाई अत्यधुनिक बनाउन नरैनापुर गाउँपालिकाकातर्पmवाट सहयोग गर्न हामी तयार छौ ।’
राप्तीसोनारी वडा नं. ७ का वडा अध्यक्ष रामलखन थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय ९५ बर्षीया अमृता घर्तीमगर, लालबहादुर पुन, गुलसन हल्वाई, अधिकारकर्मी एंव नरैनापुर गाउँपालिकाका प्रेस सल्लाहकार आलम खान, वाईसीएलका केन्द्रीय सदस्य अरसद रंगरेज लगायतको सहभागिता रहेको थियो ।