नेपालगञ्ज, ६ पुस । हिजोदेखि शुरु भएको छैठौं नेपालगन्ज महोत्सबमा आज आकर्षक सांगितिक प्रस्तुती भएका छन् । महोत्सवमा गायिका एलिना चौहानको दमदार प्रस्तुती रहेको थियो । यसैगरी, स्थानिय सोनी डान्स ग्रुपको समेत बेजोड प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।
ए.जि.सर्भिस प्रालिद्धारा आयोजित महोत्सवमा सांगितिक प्रस्तुतीका साथै थारु गाउँ, बालउद्यान, विभिन्न वस्तुका स्टल, घुम्ने पिङ, विविध कलासंस्कृति, भेषभूषा, डान्स तथा नृत्य प्रतियोगितालगायतका आकर्षण प्रस्तुतीहरु राखिएका छन् । ‘महोत्सवमा नेपाल र भारतको हरियाणाका चर्चित कुस्ती खेलाडीको प्रतियोगितात्मक प्रस्तुती समेत रहेको छ’—आयोजक संस्थाका अधयक्ष नन्दु बुढाले भन्नुभयो ।
महोत्सवमा कृषि प्रवद्र्धन, पर्यटन तथा औद्योगिक क्षेत्रको भूमिकालाई विशेष प्राथमिकतामा राखिएको आयोजकको दावी छ । महोत्सव नेपालगञ्ज सडक डिभिजन कार्यालयमा संचालन गरिएको छ । पुस १७ गतेसम्म संचालन हुने महोत्सवमा २०० भन्दा बढी कृषि तथा व्यापारिक स्टल राखिएका छन् । बिहान १० देखि राति ७ बजेसम्म संचालन हुने गरेको छ ।