नेपालगञ्ज, ५ पुस । डिउटी खटिएका बेला सडक दुर्घटनामा निधन भएका प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
बाँकेको मदनचोकमा गत मंसिर २८ गते सवारी साधनको ठक्करवाट निधन भएका प्रहरी जवान विशाल ओलीका परिवारलाई रु २ लाख ५७ हजार ९९८ आर्थिक सहयोग गरिएको हो । बाँके जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयका प्रहरीवाट संकलित रकम सहयोग उपलव्ध गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगी र इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले दिवंगत प्रहरी जवानकी आमालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । उहाँहरु दिवंगत प्रहरी जवान ओलीको रुकुमपश्चिम मुसिकोट नगरपालिका वडा नं. १३ स्थित घर गएर रकम हस्तान्तरण गर्नु भएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.