नेपालगञ्ज, २९ मंसिर । सवारी ज्यान मुद्दामा सजाय पाएका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बाँके खजुरा गाउँपालिका वडा नं. ५ उढरापुरका २८ बर्षिय अब्दुलरहमान जोलाहालाई आज पक्राउ गरेको हो ।
जोलाहालाई जिल्ला अदालत बाँकेले २०७९ मंसिर २० गते २ वर्ष कैद सजायको पैmसला सुनाएको थियो । प्रतिवादी जोलाहा भने घटना भएदेखि नै फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, जोलाहालाई आवश्यक कारवाहीका लागि आजै बाँके जिल्ला अदालतमा बुझाइएको छ ।