नेपालगञ्ज, २४ मंसिर । बाँके नरैनापुरका अध्यक्ष इस्तियाकअहमद शाहले अधिकार र कर्तव्य एकअर्काका परिपूरक हुन् भन्ने कुरा विर्सन नहुनेमा जोड दिनुभएको छ ।
७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अध्यक्ष शाहले आज शुभकामना सन्देश दिनु हुँदै मानवअधिकारको संरक्षण, सम्वर्द्धनका साथै नागरिक अधिकारको सवालमा सबै पक्षको भूमिका सधै सकारात्मक हुनुपर्छ भन्नुभयो । आप्नो शुभकामना सन्देशमा भनिएको छ—‘दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारका सवालमा निरन्तर थप उर्जा दिनेछ ।’
प्रत्येक वर्ष १० डिसेम्बरको दिन विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।