नेपालगञ्ज, २६ मंसिर । नेपालगञ्जमा भोलि एक दिन ‘आमा सेमिनार’ हुने भएको छ । मानवसेवा आश्रमले सेमिनार गर्न लागेको हो । नेपालगञ्जको क्यु. एफ. एक्स. सिनेमा हलमा दिउसो ३ बजेदेखि ६ बजेसम्म सेमिनार संचालन हुने आश्रमका बाँके शाखा प्रमुख उर्वीन सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार, मानवीय चरित्र निर्माणमा सेमिनारको छलफल केन्द्रीत रहने जनाइएको छ । सेमिनारमा शिक्षकवर्ग, विद्यार्थी, आमा समूह, आध्यात्मिक तथा धार्मिक संस्था, टोल विकास समिति, युवा क्लब, गैरसरकारी संस्थाका प्रतिनिधि गरी बढीमा ३ सय जनाको सहभागिता रहने छ ।
आश्रमले यसअघि दाङ्ग, लमजुङ्ग, पर्सा र हेटौडामा आमा सेमिनार गरिसकेको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.