नेपालगञ्ज, २१ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले आज राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
त्यस अवसरमा राष्ट्रपति पौडलले मानवअधिकारको सबैले उपभोग गर्दै आधारभूत लोकतान्त्रिक मूल्य, मान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
आयोगका अध्यक्ष मगरले मानवअधिकारको संरक्षण र संम्वद्र्धधन गर्न आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समन्वय र सहकार्य गरिरहेको छ भन्नुभयो ।
आयोगको प्रतिवेदनमा आयोगमा परेका उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण तथा नेपाल सरकारसमक्ष गरिएका सिफारिसको विषय समेटिएको छ । त्यसैगरी, मानवअधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरूको विवरणसमेत प्रतिवेदनमा उल्लेख गरिएका छन् ।