नेपालगञ्ज, १३ मंसिर । नेपाल दूरसंचार प्राधिकरणले ५५ इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने तयारी गरेको छ । प्राधिकरणले टिकटक सेवा संचालन बन्द नगर्ने इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्ने तयारी गरेको हो । ‘आजसम्म पनि टिकटक सेवा बन्द नगरे त्यस्ता कम्पनीको लाइसेन्स खारेज हुनेछ’—प्राधिकरणले जनाएको छ । सरकारले गत कार्तिक २७ गते सामाजिक सद्भाव खल्बलिने गरी समाजमा नकारात्मक असर परेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयसंगै प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।
तर, ५५ इन्टरनेट सेवा प्रदायकहरुले टिकटक बन्द गरेको जानकारी प्राधिकरणलाई गराएका छैनन् ।