नेपालगञ्ज, १३ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य थप बढेर नयाँ रेकर्ड बनेको छ । आज प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको छ । गत सोमबारदेखि नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढेको महासंघले जनाएको छ । यसअघि सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको कारण सुनमा मूल्य वृद्धि हुँदै गएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रतिऔंस २ हजार ४७ डलरको हाराहारीमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ५२० रुपैयाँ पुगेको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.