नेपालगञ्ज, २७ चैत । नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । एनिमल नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिको पशु सेवा शाखाले शिविरमार्पmत सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको हो ।
नेपालगञ्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६ दिने शिविर संचालन गरी उक्त अवधिमा २०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिनुभयो । नेपालगञ्जमा कुकुरको संख्या बृद्धि रोक्ने र पशुजन्य विभिन्न रोगहरुको संक्रमण नियन्त्रणका लागि सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको शाहीले बताउनुभयो । रेबिज रोगको नियन्त्रण गर्ने उद्देश्यले पनि शिविर आयोजना गरिएको जनाइएको छ ।
यसैबीच, शिविरको पहिलो दिन आज आर्थिक विकास समिति प्रमुख एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले शिविरस्थलको निरीक्षण गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले बर्षेनी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्दै आइरहेको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.