नेपालगञ्ज, २७ चैत । एमाले निकट युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि नेपालगञ्जमा शुरु भएको छ । महाधिवेशनको पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीले उद्धाटन गर्नुभएको थियो ।
यही चैत २९ गतेसम्म संचालन हुने महाधिवेशन उद्धाटन कार्यक्रममा अध्यक्ष ओलीले नेपालको राजनीति अब युवाहरुले हाक्नुपर्नेमा जोड दिनुभयो । एमाले सबैको साँझा पार्टी भएको बताउदै अध्यक्ष ओलीले सरकारमा सहभागि राजनीतिक दलहरुले देशलाई ओरालोतर्पm धकेलिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो—‘आ—आप्mना पार्टीका खुद्रा स्वार्थ मिसाएर सरकारमा सहभागि दलहरुकै कारण देश र जनताले दुःख पाउने निश्चित छ ।’
‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना एमाले बाहेक अरु क
सैले पूरा गर्न नसक्ने दावी गर्दै अध्यक्ष ओलीले देशको उज्ज्वल भविष्यका लागि युवा संघ अब योजनावद्धरुपमा अघि बढ्नुपर्छ भन्नुभयो ।
युवासंघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको उद्धाटन सत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नीरु पाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलगायतको उपस्थिति रहेको थियो ।
महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।