नेपालगञ्ज, २९ चैत । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी सेवा शुरु गरिएको छ । यो सेवावाट अब मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । यो सेवा शुरु भएसंगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
रेमिट्याप वालेटमार्फत बिभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने बताइएको छ । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीचमार्फत कारोवारको भुक्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने बैंकको दावी छ ।