नेपालगञ्ज, २२ चैत । बागेश्वरी असल शासन क्लब (बास) द्धारा संचालित सामाजिक जवाफदेहिता विषयक दुई दिने तालिम आज नेपालगञ्जमा सकिएको छ । तालिममा बासका विभिन्न जिल्ला सभापतिहरुको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बासले समयको माग बमोजिम तालिम क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्दै आएको छ भन्नुभयो ।
त्यस अवसरमा बासका चितवन शाखा अध्यक्ष मणिराज अधिकारीले तालिम अपेक्षा गरेभन्दा सफल भएको बताउनुभयो ।
तालिममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र पूर्व अध्यक्ष मन भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
तालिममा सिरहा, दोलखा, चितवन, लमजुङ, दाङ, जाजरकोट, सुर्खेत, दैलेख, मुगु, जुम्ला, डोटी, बाजुरा, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाका ४० जनाको सहभागिता थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.