नेपालगञ्ज, १९ चैत । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार सेवालाई व्यवस्थित तथा प्रभावकारी बनाउदै लगिएको बताउनुभएको छ ।
आज नेपालगञ्जस्थित नेपाल पत्रकार महासंघ, बाँकेमा भएको कार्यक्रममा अध्यक्ष झाले विगत सात÷आठ महिनादेखि राससको समाचार सेवा प्रवाहमा समेत अपेक्षित सुधार गरिएको जानकारी दिदै यसका प्राविधिक पक्षलाई पनि छिटै अपडेट गरिनेछ भन्नुभयो ।
उहाँले राससको समाचार चोरीको क्रम बढेको बताउदै भन्नुभयो—‘चोरी गर्ने सञ्चार माध्यम कानुनी फण्दामा पर्नुअघि सच्चिनु पर्छ ।’
कार्यक्रममा पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्षद्धय नीरज गौतम, झलक गैरे, पत्रकार शंकर खनाल, तुला अधिकारी, कृष्ण अधिकारी अछरी पोखरेल, शुक्रऋषि चौलागाईलगायतले राससको समाचार सेवालाई समयसापेक्ष परिष्कृत गर्दै जानु पर्नेमा जोड दिनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.