नेपालगञ्ज, १६ चैत । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज देशभर आप्mनो ६८ औं स्थापना दिवस मनाएको छ । बाँकेका पत्रकारहरुले पनि स्थापना दिवसमा अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेका छन् । महासंघ, बाँके शाखाले आयोजना गरेको ‘नया सञ्चार माध्यम अवसर र चुनौति’ विषयक अन्तरक्रियामा सहभागि पत्रकारहरुले सबैखाले संञ्चार माध्यमलाई व्यवस्थित गरेर मात्र अवसर र चुनौतिका सन्दर्भमा बहस गर्न सकिने धारणा राखेका थिए ।
कार्यक्रममा महासंघ, बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीले नयाँ सञ्चार माध्यम सम्बन्धि जानकारी गराउदै सञ्चार संस्थाको कामलाई खेलाची र रहरका रुपमा लिन नहुने बताउनुभयो ।
त्यस अवसरमा महासंघ, बाँकेका अर्का पूर्व अध्यक्षद्धय नीरज गौतम र झलक गैरे, पत्रकार शंकर खनाल, कमल डाँगीले मर्यादित पत्रकारितामा जोड दिनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.