नेपालगञ्ज, १४ चैत । नेकपा (एमाले) ले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंं १ मा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले आगामी निर्वाचनमा एमालेले तीनै तहको सरकार बनाउने लक्ष्यका साथ मिसन ग्रास रुट अभियान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष कक्षपतिले मुलुकमा नेकपा एमालेमात्रै जनमुखी, राष्ट्रवादी र मातृभूमिको रक्षा गर्ने पार्टी भएकाले अब कार्यकर्ताहरु गाउँटोलवाट उठ्नुपर्ने बेला आएको छ भन्नुभयो ।
एमाले केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा भएको प्रशिक्षणमा पार्टी प्रदेश कमिटी सदस्य रबिन्द्र लम्साल, प्रदेश कमिटी सदस्य प्रेम भुषाल, जिल्ला कमिटी सदस्य डिलबहादुर परियार, केशव शाही, गाउँपालिका कमिटी अध्यक्ष मनोज केसी, सचिव सुधा चौधरी, किसान महासंघ जिल्ला अध्यक्ष कृष्णबिक्रम केसी लगायत वडास्तरीय कार्यकर्ताको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रम वडा कमिटी सचिव चूर्ण भण्डारीको अध्यक्षतामा भएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.