नेपालगन्ज, ११ चैत । नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मीनारायण शाहले नेपाली कांग्रेसलाई बलियो बनाउन जनमुखी कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिनुभएको छ । सो दलको जानकी गाउँपालिका बाँके वडा नम्बर ५ स्तरीय भेला समापनका अवसरमा शाहले पार्टीका छरिएर रहेका क्रियाशील सदस्यहरुलाई संगठित बनाउन नसकिएको गुनासो समेत व्यक्त गर्नुभयो ।
वडा सभापति महङ्गु मनिहारको अध्यक्षतामा सम्पन्न वडा भेलामा नेपाली कांग्रेस जानकी गाउँपालिकाका सभापति दयाराम यादव, गाउँपालिका अध्यक्ष छब्बन खाँलगायतले समेत बोल्नुभएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.