नेपालगञ्ज, १९ भदौ । नेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि आउने विरामीले अबदेखि निःशुल्क रगत पाउने भएका छन् ।
रेडक्रसको ६० औं स्थापना दिवसका अवसरमा अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले उक्त व्यवस्थाको शुभारम्भ गर्नुभयो ।
सो प्रयोजनका लागि अस्पतालले रेडक्रसको क्षेत्रीय रक्तसञ्च
ार केन्द्रसंग लिखित सम्झौता गरेको छ । अस्पताल प्रमुख डा. बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिजअहमद सिद्दिकीले निःशुल्क रगत उपलव्ध गराउने व्यवहोराको सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्णय आजवाट कार्यान्वयनमा ल्याइएको हो । कार्यक्रममा मन्त्री राइ, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललगायतले बोल्नुभएको थियो ।
अर्कोतर्पm, नेपालगञ्ज मेडिकल कलेज अन्तर्गतका शिक्षण अस्पतालमा उपचारका लागि आउने मिर्गौलाका बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा दुई दिनदेखि बन्द गरिएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको सूचना अधिकारी सञ्जयकुमार पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार, नेपालगन्ज मेडिकल कलेजले आप्mना अस्पतालवाट दैनिक सरदर २० जनालाई उक्त सेवा उपलव्ध गराउदै आएको थियो । डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले एक वर्षदेखि भुक्तानी नपाएको भन्दै उक्त सेवा बन्द गरेको प्रबन्धक शिशिर शाहले बताउनुभयो ।