नेपालगञ्ज, ३ भदौ । ७५ औँ वर्ष पुरा गरेको नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको अमृत महोत्सव मनाइएको छ । अमृत महोत्सवका अवसरमा आज नेपालगन्जमा आयोजित कार्यक्रममा पुस्तकालयको स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म विभिन्न भूमिकामा रहेर सहयोग पु¥याएका कार्यसमिति सदस्य तथा कर्मचारी गरि ७५ जनालाई सम्मान गरिएको छ । यसैगरी, गत साउन २१ गते स्थानीय विभिन्न माध्यामिक विद्यालयमा सम्पन्न ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ शिर्षकको निवन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
सम्मानित व्यक्ति तथा विजेता विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं. २ वाट सांसदमा विजेता नेपालगन्ज निवासी भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले दोसल्ला, सम्मानपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो । अमृत महोत्सवकै अवसरमा पुस्तकालयले भोलि शनिबार दिउसो २ बजे मुसायराको आयोजना गरेको पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताउनुभयो ।
कार्यक्रममा मन्त्री राइले पुस्तकालयको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारवाट हुनसक्ने सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभयो । मन्त्री राइले तत्कालका लागि आप्mनातर्पmवाट पुस्तकालयलाई रु ३ लाख दिने घोषणासमेत गर्नुभयो । ‘यो पुस्तकालय नेपालगञ्जको धरोहर हो । यसको विकास र संरक्षण सबैपक्षवाट हुन जरुरी छ’—मन्त्री राइले भन्नुभयो । पुस्तकालय तदर्थ समितिका अध्यक्ष यादवको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका बन बातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभा सदस्यद्वय आइपी खरेल र कृष्णा केसी नमूनालगायतको पनि उपस्थिति थियो ।
विक्रम सम्वत २००३ सालमा ‘प्रेम पुस्तकालय’ को नाम पछि महेन्द्र पुस्तकालय राखिएको हो । झण्डै एक दशकदेखि अस्तव्यस्तको अवस्थामा रहेको महेन्द्र पुस्तकालयलाई २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील बनाइएको छ । समितिको पूर्णताका लागि भाद्र २९ गते निर्वाचन हुने अध्यक्ष यादवले बताउनुभयो ।