नेपालगञ्ज, २ भदौ । बाँकेमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितसहित बाँकेमा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ । आज संक्रमण पुष्टि भएका ८ जना मध्ये बाँकेका ६ जना र २ जना बाहिरी जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, आज नेपालगन्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ र राप्तीसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकेका रहेका संक्रिय संक्रमित मध्ये ६ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८६ जना होम आइसोलेसनमा रहेका छन् । आज ८ जना निको भएका छन् ।