नेपालगञ्ज, १ भदौ । बाँकेमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार, संक्रमण पुष्टि भएकामध्ये ५ जना बाँकेबाहिरका हुन् । योसंगै बाँकेमा कोरोनाबाट २१ हजार २९९ जना संक्रमित भएका छन् । आजै ७ जना निको भएर छन् । योसहित निको हुनेको संख्या २० हजार ८५२ पुगेको छ । बाँकेमा अहिले ९४ सक्रिय संक्रमित छ । ति मध्ये ५ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८९ जना होमआइसोलेसनमा रहेका छन् ।
अर्कोतर्पm, पछिल्लो २४ घण्टामा देशैभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशैभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।