नेपालगञ्ज, १ भदौ । बढैयाताल गाउँपालिकामा गत आर्थिक वर्ष २०७८÷७९ मा संचालन गरिएका परियोजनाहरुका प्रगति बैठक सम्पन्न भएको छ । बढैयाताल गाउँपालिकामा बाँके युनेस्को क्लब, साथी संस्था, बी—ग्रुप, स्याक नेपाल र थारु महिलाउत्थान केन्द्रले सामाजिक विकास परियोजनाका कार्यक्रम संचालन गर्दै आएका छन् । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गर्दै आएका ती परियोजना कार्यक्रम उपलव्धिको समन्वय बैठक गरिएको हो ।
खासगरी स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिलाई परियोजनाका सन्दर्भमा जानकारी गराई परिणाममुखी कार्यक्रम संचालन गर्ने उध्येश्यका साथ बैठक आयोजना गरिएको प्लान नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले जानकारी दिनुभयो । बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो । बैठकमा परियोजनाका साझेदार संस्थाहरुले सिकाई उपलव्धि, चुनौति तथा कार्यक्रम तथा बजेट संचालनको प्रारुप प्रस्तुत गरेका थिए ।
बैठकमा परियोजना कार्यक्रम सबै वडामा पुग्नुपर्ने, अपांगताको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, बालविवाह न्युनीकरणलाई थप प्रभावकारी बनाइनुपर्ने लगायतका सुझाव समेत दिइएको थियो । बैठकमा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडा अध्यक्षहरु, गाउँपालिकाका सबै शाखाका प्रमुखहरु, नागरिक समाज संजालका अध्यक्ष तथा पदाधिकारीहरु र अन्य संघ संस्थाहरुका प्रतिनिधिको सहभागिता रहेको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.