नेपालगञ्ज, २० साउन । नेपालगन्जको भेरी अस्पताल र सीमानाका जमुनहामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँके जिल्लाका ४ जना छन् ।
भेरी अस्पतालमा ११ नमूना परीक्षणमा १० र जमुनाहा नाकामा एन्टिजेन परीक्षणबाट एक जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । वलीका अनुसार, बाँकेमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २१ हजार १९६ पुगेको छ । ती मध्ये २० हजार ७९८ जना निको भइसकेका छन् भने ४५ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।