• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

२०८३ जेष्ठ २८ गते, बिहीबार समय: १९:२४ मिनेट
0 0
0
‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २८ जेठ । बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दियाका तीन पालिकाका एउटा वडा र दुई वटा टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल” क्षेत्र घोषणा गरिएको छ ।

क्लबले संचालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, गुलरिया नगरपालिका–१२ को भैसाही टोल र मधुवन नगरपालिका–२ को बंगलिपुर र सुन्दरपुर टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा-टोल” क्षेत्र घोषणा गरिएको हो ।

बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने, घरमै अध्ययनमैत्री वातावरण सिर्जना गर्ने तथा अभिभावकको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानको वडा टोल घोषणा कार्यक्रमहरुमा स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, किशोरी, बिद्यार्थि तथा युवा समूहका प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बढैयाताल गाउँपालिकामा सम्पन्न वडा घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी, वडा नं। ७ का अध्यक्ष राधेश्याम थारु, शिक्षा शाखाका प्रमुख, नेपाल प्रहरीका अधिकृत, पत्रकार, विद्यालयका प्रतिनिधि तथा बाँके युनेस्को क्लबका सह–अध्यक्ष सिराज खान, प्राविधिक सल्लाहकार बिनय दिल लामा र उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष त्रिपाठी, उपाध्यक्ष अधिकारी र वडा अध्यक्ष थारुले बाँके युनेस्को क्लब र प्लानको सहयोगमा बर्दिया जिल्लामै पहिलो एक घर, एक पढाइ कुनायुक्त वडा घोषणा गर्न पाउनु गौरवको बिषय भएको बताउनुभयो ।

यसैगरि गुलरिया नगरपालिका–१२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित घोषणा कार्यक्रममा नगरपालिकाका उपप्रमुख सावित्री गौतम, शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद थारु, वडा अध्यक्ष रामकुमार थारु, प्रधानाध्यापक श्रीप्रसाद सुवेदी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

सोही प्रकारले मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता मेकबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, महिला शाखाका इन्द्रा चुनारा, मधुवन २ का वडा अध्यक्ष आशाराम थारु, विभिन्न शाखाका प्रतिनिधि, वडा प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति सदस्य तथा विद्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
घोषणा कार्यक्रमहरुमा बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने र कार्यक्रम अधिकृत विजय शर्माले “एक घर, एक पढाइ कुना” घोषणा प्रक्रियाबारे जानकारी गराउँदै अभिभावक शिक्षाको महत्व र बालबालिकाको समग्र विकासमा अभिभावकको सक्रिय भूमिकाबारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा अभियानअन्तर्गत घर–घरमा निर्माण गरिएका पढाइ कुनाहरूको प्रगति तथा उपलब्धिहरू प्रस्तुत गरिएको थियो । यस्ता पढाइ कुनाहरूले बालबालिकामा अध्ययन बानीको विकास, सिर्जनशीलता अभिवृद्धि तथा परिवारभित्र सकारात्मक अन्तरक्रिया बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका थिए ।

घोषणा समारोहका अवसरमा अभियानलाई सफल बनाउन योगदान पु¥याउने विद्यालय, किशोरी समूह, युवा क्लब, सामाजिक अगुवा तथा अभिभावकहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमको सफल कार्यान्वयनमा फिल्ड सुपरभाइजरहरू भगवती बी।के।, नग्मा मनिहार लगायत किशोरी तथा युवा समूहका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो ।

“हरेक घरमा पढाइको वातावरण, हरेक बालबालिकाका लागि सिकाइको अवसर” भन्ने मूल सन्देशसहित संचालन गरिएको सो अभियानले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाएको पाईएको छ ।

अघिल्लो पोस्ट

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान

अर्को पोस्ट

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

सम्बन्धित समाचार

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान
गतिविधि

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
लुम्बिनी प्रदेश

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 
लुम्बिनी प्रदेश

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 

खोज तथा उद्दार सम्बन्धि दुई दिनको तालिम नेपालगन्जमा सम्पन्न
गतिविधि

खोज तथा उद्दार सम्बन्धि दुई दिनको तालिम नेपालगन्जमा सम्पन्न

विश्व वातावरण दिवस: बर्दियाका सामुदायिक अगुवाहरूलाई सम्मान
लुम्बिनी प्रदेश

विश्व वातावरण दिवस: बर्दियाका सामुदायिक अगुवाहरूलाई सम्मान

अर्को पोस्ट
नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist