• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

२०८२ फाल्गुन ६ गते, बुधबार समय: १७:०१ मिनेट
0 0
0
गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

राजनीतिक नेतृत्वमा नभई नहुने गुण हुन्– सैद्धान्तिक स्पष्टता, निरन्तरता र इमान्दारिता । तर पछिल्लो चरण यी गुण विरलै पाइन्छ । विरलै गुण पाइने व्यक्ति मध्यका एक हुन् –नारायण प्रसाद गौडेल ।

नेपाली काँग्रेसको राजनीतिक यात्रामा गौडेलको पार्टीप्रतिको लगाव, निष्ठा, संघर्ष, सक्रियता र सेवा जस्ता कैयन विशेषता र स्वभावहरु लोभलाग्दा छन् । संगठनप्रतिको निष्ठाको प्रतीकका रूपमा पनि उनलाई सम्झीने गर्छन् । 

लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै पार्टी संगठन सुदृढीकरण र समाज सेवामा अविचलित योगदान दिँदै आएका गौडेल अहिले जनताको भरोसाको प्रतिनिधि बनेर उभिएका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल बाँके क्षेत्र न १ मा प्रतिनिधि सभा सदस्यका लागि प्रतिष्पर्धामा छन् ।

वि.सं. २०२१ सालमा पर्वत जिल्लामा जन्मिएका गौडेल हाल कोहलपुर नगरपालिका–३ मा स्थायी बसोबास गर्दै आइरहेका छन् । बाल्यकालदेखि नै सामाजिक न्याय, समानता र लोकतान्त्रिक मूल्यप्रति आकर्षित उनी कलिलो उमेरमै समाजसेवा र राजनीतिमा सक्रिय बने । यही चेतना र प्रतिबद्धताले उनलाई नेपाली कांग्रेसको संगठनभित्र स्थापित नेतृत्वको रूपमा उभ्यायो ।

वि.सं. २०४६ सालमा नेपाली कांग्रेसको साधारण सदस्य बनेका गौडेल २०४८ सालमा क्रियाशील सदस्य हुँदै औपचारिक राजनीतिक यात्रामा प्रवेश गरे । यहीँबाट सुरु भएको उनको यात्रा निरन्तर संघर्ष, जिम्मेवारी र संगठन निर्माणको उदाहरणीय इतिहास बनेको छ ।

उनले नेपाली कांग्रेसको प्रचारप्रसार समिति सदस्य (क्षेत्र नं. १ – २०५६), क्षेत्रीय प्रतिनिधि (२०५७), जिल्ला सदस्य (२०५७–२०५८), विकास शाखा बाँके संयोजक (२०५८), माओवादी पीडित अभिलेख उप–समिति संयोजक, मध्यपश्चिम क्षेत्रीय आमसभा यातायात समिति संयोजक, इलाका नं. ४ बाँकेको अनुगमन संयोजक लगायतका महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरे ।

नेपाल तरुण दल कोहलपुरको स्थापना (२०५५–२०६०) मार्फत युवालाई संगठित गर्दै उनले पार्टीको जरा बलियो बनाउन महत्वपूर्ण भूमिका खेले । जिल्ला कार्यसमिति सह–सचिव (२०५९–२०६०) हुँदै उनी पार्टी संगठनको केन्द्रमा उभिए ।

प्रतिगमन विरुद्धको जनआन्दोलन (२०५९–२०६३) का क्रममा उनले यातायात, झण्डा, माइक, पम्प्लेट, प्लेकार्ड व्यवस्थापन तथा आन्दोलनकारी समन्वयमा उप–संयोजक र क्षेत्रीय संयोजकको भूमिकामा अग्रपंक्तिबाट नेतृत्व गरे ।

जनआन्दोलन भाग–२ मा तत्कालीन सभापति स्व. शुशिल कोइरालासहित आन्दोलनमा सक्रिय सहभागिता जनाएका गौडेल लोकतन्त्र स्थापनाका लागि जेल जीवन समेत भोग्न बाध्य भए ।

माओवादी संकटकालमा वि.सं. २०६१/१२/०२ देखि २०६२/०२/१७ सम्म तथा २०६२/१०/१४ देखि २०६२/११/१२ सम्म उनी जेल बन्दी रहे ।

आन्दोलनकै क्रममा तत्कालीन शाही नेपाली सेनाबाट अमानवीय कुटपिट र यातना सहँदै पनि उनी विचलित भएनन् । १० वर्षे सशस्त्र द्वन्द्वकालमा माओवादी पीडित बनेका गौडेलले नेपाली कांग्रेसको संगठन जोगाउन, कार्यकर्ताको संरक्षण गर्न र आम नागरिकको अभिभावकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

२०५९ देखि २०६३ सम्म ११औँ महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्रीय सभापति ,१२औँ महाधिवेशनबाट केन्द्रीय संगठन विभाग सदस्य तथा जिल्ला सदस्य, १३औँ महाधिवेशनबाट हालसम्म महासमिति सदस्य तथा जिल्ला सदस्य हुँदै उनी पार्टीको नीति, सिद्धान्त र संगठन निर्माणमा निरन्तर सक्रिय छन् ।

दोस्रो संविधान सभामा समानुपातिक उम्मेदवार तथा नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख (२०७३) को जिम्मेवारी पनि उनले सफलतापूर्वक वहन गरे ।

राजनीतिसँगै सामाजिक सेवामा पनि गौडेलको योगदान उल्लेखनीय छ । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाको सचिव हुँदै सभापति, जिल्ला शाखा सदस्य, ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य, कोहलपुर बसपार्क सुधार समिति अध्यक्ष, साझा सहकारी संस्था, विद्यालय व्यवस्थापन, रेडियो कोहलपुर एफ.एम., सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरका अध्यक्ष जस्ता थुप्रै संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । हाल भने रेडक्रस र विद्यालय बाहेक अन्य संघ–संस्थामा उनी प्रतिनिधि छैनन् ।

उनले नेपाली कांग्रेसका अग्रज नेता स्व. शिवप्रसाद अर्यालको स्मृतिमा लेख, रचना तथा कविताको संग्रह प्रकाशन गर्दै वैचारिक योगदान पनि दिएका छन् । राष्ट्रिय रूपमा ५६ जिल्लाको भ्रमण गरेका गौडेलले भारत, चीन र अमेरिका भ्रमणमार्फत अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका छन् ।

लामो संघर्ष, अनुभव र निष्ठाका धरोहर गौडेलले क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिइरहदा मतदाताहरु समेत उत्साही देखिएका छन् ।

गौडेलका मुख्य चुनावी एजेन्डा:

कृषिमा श्रमिक किसान केन्द्रित उत्पादन प्रणाली,

प्रविधिमैत्री शिक्षा र शिक्षा ऐन संशोधन,

स्वास्थ्य बीमामार्फत सबै नागरिकको स्वास्थ्य पहुँच,

र बाँके राष्ट्रिय निकुञ्जमा जनावरहरुबाट भइरहेको आक्रमणबाट पीडित जनताको लागि ऐन संशोधन गरि जनता मुखी ऐन निर्माण गर्ने र वैकल्पिक आय आर्जन गर्ने योजना निर्माण गर्ने । बाँके राष्ट्रिय निकुञ्जलाई समेटेर पर्यटन विकाससँगै नागरिक सुरक्षाको सुनिश्चितता गर्ने आदि रहेका छन् ।

जनसेवामा सदैव समर्पित गौडेलको समाजसेवा, विकास र सुशासनमा दृढ विश्वास छ । गौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई प्राथमिकतामा राखेका छन् । जनताको विश्वास र समर्थनसहित प्रतिनिधि सभा सदस्यका रूपमा सेवामा समर्पित हुने अठोटका साथ अघि बढिरहेका गौडेललाई हामी सबले साथ दिऔं ।

अघिल्लो पोस्ट

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’

अर्को पोस्ट

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल

सम्बन्धित समाचार

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
राजनीति

रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल
निर्वाचन

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’
निर्वाचन

घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
निर्वाचन

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  
निर्वाचन

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  

गौडेलको घरदैलो तीब्र, एकै दिन आज कोहलपुरका तीन वडामा घरदैलो
निर्वाचन

गौडेलको घरदैलो तीब्र, एकै दिन आज कोहलपुरका तीन वडामा घरदैलो

अर्को पोस्ट
शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल

शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत् सम्वोधन गर्छः गौडेल

नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृतिको अन्त्य गर्नुपर्छः अमर सिंह पुन

नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृतिको अन्त्य गर्नुपर्छः अमर सिंह पुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist