कमल खत्री/बाँके, फागुन ३ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी आन्दोलनको मर्मलाई ओझेलमा पारेर आफना निहित स्वार्थ पुरा गर्ने शंक्ति नेपाली राजनितिमा हाबी हुने प्रयास गरिरहेको बताउनु भएको छ ।
जेन्जी आन्दोलनमा घुषपैठ गरेर युवाहरुको मागलाई अलमल्याउने काम भैरहेको बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले बताउनु भयो । युवालाई सम्बोधन गर्ने क्रममा पुनले देशको वास्तविक समस्या समाधान गर्ने सामथ्र्य नेपाली कांग्रेसमा भएकोले युवालाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा विवेकपुर्ण निर्णय गर्न पुनले आग्रह गर्नु भएको छ ।
उहाँले भन्नु भयो,‘जेन्जीका सकारात्मक मागलाई पन्छाउन खोज्ने, घुसपैठ गर्ने शंक्ति, देश जलाउने वातावरण बनाउने शंक्ति पनि हामीसँग निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । हामी हाम्रा सबै आन्तरिक समस्यालाई व्यवस्थापन गरेर देशको नेतृत्व गर्ने शंक्ति बन्नु पर्नेछ ।’
नेपाली जनताको अधिकारलाई स्थापित गर्न कांग्रेसका थुप्रै नेताले बलिदानी दिएको प्रसँग बारे बताउँदै नेता पुनले जेन्जी आन्दोलनको सकारात्मक पक्षलाई आत्मसात गरेको छ भन्नु भयो ।








