नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्र नं.२ का प्रत्यक्षतर्फका उम्मेदवार दिपेन्द्र विष्टले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
आइतवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच उनले ६ पृष्ठको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्नो प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त क्षेत्रः शून्य सहनशीलताको नीति अवलम्वन गरिने उल्लेख गरेका छन् । प्रविधिमा आधारित पारदर्शी प्रणाली, डिजिटल उजुरी प्रणाली, भ्रष्टचारमा संलग्नलाई तत्काल निलम्वन गरी कानुनी कारवाही लगायतका विषयलाई प्राथमिकता दिएका छन् । नेपालगन्जलाई आइटी प्रविधिमैत्री सेवा र नवप्रवर्तनको हव बनाइने उल्लेख छ ।
डुडुवा र नेपालगन्जमा बाढी समस्याको स्थायी समाधान, पर्यटन र धार्मिक अर्थतन्त्रमा जोड, मदरसा शिक्षाको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा दिइने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
औद्योगिक कृषि र व्यापारिक हब, एकीकृत कृषि बजार र हब निर्माण, सिंचाइँ र प्रविधिमा लगानी, कृषि पर्यटन र विशिष्टिकरण, कृषक कार्ड र सहुलियत ऋण लगायतका विषयलाई पनि समावेश गरिएको छ ।








