नेपालगञ्ज, १६ माघ । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले खजुरा गाउँपालिका–७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई पक्राउ गरेको छ । अहिर बैजनाथ गाउँपालिका–६ एच गाउँमा बसोबास गर्दै आएको बाँके प्रहरीले जनाएको छ ।
किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अहिरलाई पक्राउ गरेको हो । बिहीबार साँझ जबरजस्ती करणी कसुरमा पक्राउ परेका अहिरसँग घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्ररहरीले जानकारी दिएको छ ।








