नेपालगञ्ज, १३ पुस । बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा फेरी चोरीका घटना बढ्न थालेका छन् । केहि महिनाअघि व्यापाकरुपमा चोरीका घटना हुने गरेको थियो । प्रहरी सक्रियतापछि चोरीका घटनामा थेरै कमि आएपनि चिसोको मौका छोपेर पछिल्लो केहि दिनयता फेरी चोरीका घटना बढ्न थालेका छन् । विशेषतः चोरहरुले पसलहरुमा चोरी गर्न थालेका छन् ।
चोरीको पछिल्लो घटनामा गएराति नेपालगञ्ज वडा नं. १३ बुलबुलिया शान्तिनगरस्थित दुई पसलमा एकै समयमा चोरी भएको छ । सो वडामा रहेको नीलसागर आश्रमको ठिक अगाडीको सरिया, सिमेन्ट र पेन्ट पसल र रक्सी पसलमा चोरी भएको छ । चोरहरुको उक्त पसलहरुवाट नगद तथा जिन्सी सामानहरु चोरेर लगेका छन् ।

आज बिहान आठ बजे पसल खोल्ने क्रममा शटर तोडिएको देखिएपछि चोरीभएको थाहा भएको थियो । तत्काल प्रहरीलाई खबर गर्दा ढिलो गरी डेढ घण्टापछि मात्र प्रहरी पुगेकोमा स्थानीयहरुले गुनासो पोखेका छन् ।
यो वडाको यस क्षेत्रमा पटकपटक चोरीका घटना घटिरहेको अवस्थामा समेत प्रहरीको उपस्थिति यहा शून्यप्रायः हुने गरेको स्थानीयहरु बताउछन् । ‘प्रहरीले यो क्षेत्रलाई पूर्णरुपमा उपेक्षा गरेको मात्र हैन, यहा प्रहरीको छाया पनि परेको देखिदैछ’-एक स्थानीयको गुनासो थियो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगूृर जिसिसंग सम्पर्क राख्न उहाँले भन्नुभयो-‘त्यो क्षेत्रलाई हामीले ‘शान्त’ क्षेत्रका रुपमा लिएकाले पनि प्रहरी गस्ती हुन नसकेको स्विकार्नुभयो । उहाँको थप भनाई थियो, ‘अर्कोतर्प, प्रहरी संख्या प्रशस्त हुदासमेत सवारी साधनको अभावमा प्रहरी गस्ती बढाउन नसकिएको हो ।”








