नेपालगनञ्ज, १२ पुस । नेपलागञ्जवाट प्रतिबन्धित लागुऔषध खैरोहेइनसहित नीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले नेपालगन्ज वडा नं. १३ मोहनपुर्वा नजिकबाट २२ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित नेपालगन् वडा नं. १४ का सन्दीप लोनिया, सोही स्थानका हृदयराम खटिक र नेपालगन्ज वडा नं. १८ का ओमकार खटिकलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएको आरोपीहरुवाट प्रहरीले तीन थान मोबाइल र एक थान डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ । पक्राउ परेको आरोपीहरुका विरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ बताइएको छ ।








