नेपालगन्ज २ मंसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिश बामदेव ज्ञवालीले कला र संस्कृतिलाई संस्कारसंग जोड्नुपर्नेमा बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ का अवसरमा द मदर फाउण्डेशन र नारी विकास केन्द्रद्धारा नेपालगन्जमा आयोजित कला प्रर्दशनी कार्यक्रममा वरिष्ठतम् न्यायाधिश ज्ञवालीले समाजको गहनाको रुपमा रहेको कला, संस्कृति र संस्कारलाई सरक्षण गर्न आजको आवश्यकता भएको बताउनुभयो ।
द मदर फाउण्डेशनका संस्थापक तथा पुर्व न्यायधिश डा सल्लाउद्दिनअख्तर सिद्दिकीले नेपालको कलाकृतिलाई अन्तर्राष्ट्रियस्तरसम्म पु्र्याउन विशेष पहल गर्दै आएको भन्दै नेपालमा विभिन्न धर्म अन्तर्गतका विभिन्न कलाहरु रहेको बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ र नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठले नेपाल प्राकृतिक, सामाजिक र सांस्कृतिक रुपमा धनी रहेकाले यहाँका विभिन्न कलाहरुलाई संरक्षण सम्वद्र्धनमा सराकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा कानून क्षेत्रमा योगदान पुरयाउनु हुने उच्च अदातल नेपालगन्जका वरिष्ठतम् न्यायाधिश ज्ञवाली, कला क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका वरिष्ठ कलाकार श्यामानन्द सिंह, निःशुल्क कानूनी सेवा प्रदान गरि योगदान पुर्याउनुभएका वरिष्ठ अधिबक्ता इन्द्रजित तिवारी, पत्रकार राकेशकुमार मिश्रलाई सम्मान गरिएको थियो । यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नारी विकास केन्द्र नेपालगन्जका कार्यवाहक अध्यक्ष शिला शाह लगायतलाई सिल्भर मेडलले सम्मान गरिएको थियो ।
सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) सम्मेलनको ४०औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ ।
यसैक्रममा नेपालगञ्जमा पनि दिवस मनाइएको हो । इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ ।








