नेपालगञ्ज, २९ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शान्तिपूर्ण आन्दोलनलाई हिंसामा बदल्ने काम नवयुवाहरुले गर्नै नसक्ने बताउनुभएको छ ।
एमाले बाँकेले आज नेपालगञ्जमा गरेको जनसभामा महासचिव पोखरेलले गत भदौ २४ गते मच्याइएको विध्वंशमा सहभागी भएकाहरुको पहिचान गरी उनीहरुलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।
एमाले, बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको जनसभामा पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रिय सदस्यहरु शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, दिपा शर्मा, एमाले बाँके उपाध्यक्ष रत्र खत्री लगायतले बोल्नुभएको थियो । जनसभाअघि नेपालगञ्जमा जुलुस प्रदर्शन गरिएको थियो ।








