नेपालगञ्ज, ३ असोज । ११औ संविधान दिवसका अवसरमा नेपाली कांंग्रेस, बाँकेले नेपालगञ्जस्थित मानव सेवा आश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।
आश्रममा भएको एक कार्यक्रमका बीच आश्रमका संयोजक उर्बिन सापकोटालाई नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, उपसभापद्धिय गोपालप्रसाद अधिकारी र सांसद बादशाहा कुर्मीले उक्त सहयोग सामग्री प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति कृष्ण कार्की, सचिव सुधांशु कोइराला, कोाषाध्यक्ष यज्ञबहादुर बस्नेत, कृष्ण कार्की, महिला नेतृ उमा थापामगर, पूर्व जिल्ला उपसभापति सुनिलसिंह हमाल, प्रेस सल्लाहकार नीरज गौतमलगायतको उपस्थिति रहेको थियो ।
सभापति गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कुर्मी, सचिव कोइरालालगायतका नेताहरुले कुनै पनि बहानामा नेपालको संविधान २०७२ मास्न नपाइने चेतावनी दिनुभएको छ ।








