नेपालगञ्ज, ३ असोज । नेपालको संविधान २०७२ संशोधन गर्न सकिन्छ, तर यसको विकल्प खोज्न नहुनेमा जोड दिइएको छ । ११औ संविधान दिवसका अवसरमा पापडले आज नेपालगञ्जमा आयोजना गरेको ‘बदलिदो परिस्थितिमा नागरिकको भूमिका’ कार्यक्रमका सहभागिहरुले जेन्जी पुस्ताको आन्दोलनले राजनीतिक संगलिनुपर्ने सन्देश दिएको बताउदै यदि उनीहरुको मागमा धोका भयो भने मुलुक फेरी दुर्घटनामा जाने चेतावनी समेत दिएका छन् ।
उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले नेपाली जनता आफैले लेखेको संविधान उत्कृष्ट भएपनि केही असन्तुष्टीका कुरालाई संशोधन गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
जेन(जी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु नै आजको आवश्यकता भएको बताए बताउदै उनीहरुले संविधानमा जेन्जी पुस्तालाई समेटेर मुलुकलाई सही दिशामा अगाडी बढाउनुपर्ने सुधाव समेत दिएका थिए ।
कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषद लुम्बिनी प्रदेश पार्षद र्इश्वरीप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, मानवअधिकारकर्मी प्रकाश उपाध्याय, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता सुनिता शर्मा, लगायतले बोल्नुभएको थियो ।








