नेपालगञ्ज, २ असोज । नेपाली काँग्रेसका त्यागी नेता लौह पुरुष स्वर्गीय गणेशमान सिंहको २८औं स्मृति दिवसका अवसरमा आज नेपालगञ्जको गणेशमान चोकमा दिप प्रज्वलित गरिएको छ ।
नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा स्वर्गीय सिंह र विभिन्न समयको आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धान्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, अर्का उपसभापति कृष्ण कार्की, सचिव सुधांशु कोइराला, महिला नेतृ उमा थापामगर, क्षेत्रीय सपभतिद्धय पोषण केसी, रमेश गुप्तालगायतको उपस्थिति थियो ।
पार्टी सभापति गौडेलका अनुसार, भोलि ११औं संविधान दिवसका अवसरमा नेपालगञ्ज सुर्खेतरोडस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई एक छाक खाना खुवाउने कार्यक्रम रहेको छ ।








