नेपालगञ्ज, २६ असार । बाँकेका संचारकर्मीहरूसँग कर सम्बन्धी विषयमा जानकारी आदान–प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले आयोजना गरेको कार्यक्रममा कर नीति, कार्यान्वयन, समस्या र समाधानका उपाय बारे अहिले छलफल भइरहेको छ ।
गोरेटो प्रतिनिधिसंग कुरा गर्दै प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले कर प्रणालीप्रति जनचेतना अभिवृद्धि गर्नुपर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अन्तर्क्रिया कार्यक्रममा करअधिकृत किरण डाँगीले कर सम्बन्धी वर्तमान व्यवस्था र प्रविधि प्रयोगका विषयमा जानकारी गराउनुभयो। कार्यक्रम अहिले चलिरहेको छ ।








