नेपालगञ्ज, २२ असार । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बरिष्ठ पत्रकार धर्मेन्द्र झाले पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, बाँकेद्धारा आज नेपालगञ्जमा आयोजित ‘बदलिदो परिवेशमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अध्यक्ष झाले समयको गति अनुसार नेपाली पत्रकारितालाई थप मर्यादित, व्यवस्थित र जनमुखी बनाउन आवश्यक छ भन्नुभयो ।
‘नयाँ प्रविधिसंगै पत्रकारहरुले आफूलाई क्षमतावान र जिम्मेवार बनाउनै पर्छ’-पूर्व अध्यक्ष झाले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, नीरज गौतम, झलक गैरे, रुद्र सुवेदी, अकोराबका केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी, नेपाल प्रेस युनियन, बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार कृष्ण अधिकारी, शरण कर्माचार्य, चेतकान्त भट्टराई, कमल खत्रीलगायतले बोल्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको थियो ।