नेपालगञ्ज, ७ असार । नेपालगञ्जमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कर्मचारीहरुसंग छलफल तथा समिक्षा कार्यक्रम गरेको हो ।
नेपालगन्जमा आयोजित कार्यक्रममा कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि छलफलसंगै वार्षिक समिक्षा तथा सामी कार्यक्रमलाई चुस्त(दुरुस्त र अझ प्रभावकारी बनाउने, थप नतिजामूलक बनाउन सम्भावित चुनौतीहरुको सामना गर्ने लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
सामीका जिल्ला संयोजक कमल सिंह नेपालीका अनुसार, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा रहेको छ । आगामी आर्थिक बर्षदेखि डुडुवा र राप्तीसोनारीमा सामी कार्यक्रम सञ्चालन हुने संयोजक नेपालले जनाउनुभयो ।