नेपालगञ्ज, ४ असार । अन्तरालको आयोजनामा चौथो संस्करणको दुई दिने फोटो फेस्टिबल आजदेखि नेपालगञ्जमा सुरु भएको छ । फोटो फेस्टिबलको नेपाली कांग्रेसका सह(महामन्त्री किशोरसिंह राठौरले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेका सहमहामन्त्री राठौरले फोटो फेस्टिबलले नयाँ जेनेरेशनमा फोटोग्राफीप्रतिको मोह बढाउने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्षद्धय झलक गैरे, नीरज गौतम, सामाजिक अभियन्ताहरुलगायतको उपस्थिति थियो ।
फोटो फेस्टिबलमा देशभरिवाट छानिएका १११ फोटो प्रदर्शनीमा राखिएको छ । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार, प्रदर्शनीमा संस्कृति, पर्यटन, कृषि लगायतका नौ विधाका फोटोहरु राखिएका छन् ।