नेपालगञ्ज, २६ जेठ । नेपालगन्जमा डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता अभिमुखिकरण तालिम आजबाट सुरुभयो ।
चार दिनसम्म चल्ने तालिममा बाँकेका ४० जना पत्रकारको सहभागिता छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ, बाँकेले अभिमुखिकरण तालिम सञ्चालन गरेको हो ।
तालिमको नेपालगन्जका मेयर प्रशान्त विष्टले उदघाटन गर्दै पत्रकारिताको संस्थागत विकास र पत्रकार क्षमता अभिवृद्धिमा तालिम सहयोगी हुने बताउनुभयो ।
पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको तालिम उदघाटनमा महासंघका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व अध्यक्षद्वय नीरज गौतम, झलक गैरे, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, पत्रकार महासंघ बाँके सचिव कृष्ण ओली र सहसचिव भगतराम थारुले पनि बोल्नु भयो ।
तालिममा पत्रकार केपी ढुंगाना र रामप्रसाद दाहालले सहजीकारण गर्नुभएको छ।