बर्दिया, २५ जेठ । बर्दियाको गुलरिया नगरपालिकामा शैक्षिक प्रदर्शनी गरिएको छ । सहभागि विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामग्री प्रर्दशन गरिएको हो ।
शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा गुलरिया नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको प्रदर्शनीमा १० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रदर्शनीमा नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुर प्रथम, बगलामुखी राधाकृष्ण मावि द्धितिय र धुव्र मावि तुल्सीपुर तृतिय भएको बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
प्रर्दशनीका विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै गुलरियाका मेयर मुक्तिनाथ यादवले प्रर्दशनीले बिद्यार्थीहरुको क्षमता उजागर भएको र उनीहरुमा आत्मविश्वास बढेको धारणा राख्नुभयो ।
गुलरिया नगरपालिका वडा नं. ६ का अध्यक्ष सुधान्शुप्रकाश शर्माले प्रदर्शनीमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, आविष्कारशीलता र प्रविधिमैत्री सोचलाई प्रवद्र्धन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।